बुमराहलाई सोमवार आरसीबी-विरुद्ध म्याचमा पनि नदेखिने सम्भावना

IMG-20250405-WA0143

मुम्बई: मुम्बई इण्डियन्सका पेस बलर जसप्रीत बुमराहले शुक्रवार लखनऊ सुपर जाइण्ट्सविरुद्ध म्याचमा हिस्सा लिएनन् अनि ७ अप्रेलमा वानखेड़े स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलुरुविरुद्ध हाई भोल्टेज म्याचमा पनि उनी अनिश्चित छन्। यो मुम्बई इण्डियन्सको निम्ति ठूलो झट्का हो कारण टीमले आईपीएलको जारी सीजनमा ४ वटा म्याच खेलेर ३ वटा हारिसकेको छ। बुमराहको अहिले बीसीसीआई-को बेंगलुरु स्थित सेण्टर अव् एक्सीलेन्समा पुनर्वास जारी छ अनि उनी मैदानमा फर्किने नजिक छन्। ढाड़को तल्लो हिस्सामा रहेको चोटले गर्दा बुमराह जनवरीदेखि नै मैदान बाहिर रहेका छन्। पछिबाट च्याम्पियन्स ट्रफीको निम्ति प्राथमिक टीममा स्थान दिइए पनि भारतले अन्तमा बुमराह बिना खेलेर नै टुर्नामेण्टको खिताब जितेको थियो। बीसीसीआई बुमराहको मामिलामा कुनै हतार गर्न चाहँदैन। हालका हप्ताहरूमा ३१ वर्षीय पेस बलरले अलि-अलि गर्दै आफ्नो बलिंग कार्यभार बढ़ाइरहेका छन् अनि फिटनेस परीक्षणको अन्तिम चरण नजिकै रहेको छ।
अब बीसीसीआई-को मेडिकल टीमबाट मञ्जुरी प्राप्त भएपछइ मात्र बुमराह मुम्बई इण्डियन्स टीममा सामेल हुन सक्नेछन्। बुमराह स्वयं पनि आफ्नो फिटनेसलाई लिएर सतर्क छन् अनि शत प्रतिशत फिट भएर मात्र प्रतिस्पर्धी क्रिकेटमा ओर्लिन चाहन्छन्। अहिले बुमराहको मुख्य लक्ष्य ईंग्ल्याण्डमा २८ जूनदेखि शुरु हुने ५ वटा टेस्ट म्याचको सीरीज रहेको छ। मुम्बई इण्डियन्सका मुख्य प्रशिक्षक माहेला जयवर्धनेले अन्तिमपल्ट १९ मार्चमा बुमराहको स्थितिबारे चर्चा गरेका थिए। त्यस समय उनले प्रमुख पेस बलर बिना सत्रको शुरुवात गर्ने चुनौती स्वीकार गरेका थिए। त्यस समय मुम्बईलाई बुमराह अप्रेलको पहिलो हप्तासम्म टीममा सामेल हुने आशा थियो तर अहिले त्यो समयसीमा अघि बढ़ेको छ। बुमराहको अनुपस्थितिमा ट्रेण्ट बोल्ट र दीपक चाहरले मुम्बईको पेस आक्रमणको अगुवाई गरिरहेका छन्। यी दुईजनाको साथमा सत्यनारायण राजू, विग्नेश पुथुर र अश्विन कुमार जस्ता युवा पेस बलरहरू सामेल छन्। कप्तान हार्दिक पाण्ड्याले पनि पेस आक्रमणमा योगदान दिइरहेका छन्। साल २०१३-मा आईपीएल पदार्पणपछि बुमराह मुम्बई इण्डियन्सको बलिंग आक्रमणको प्रमुख हतियार रहेका छन्। उनले १३३ वटा म्याचमा १६५ विकेट लिएका छन्।

About Author

Advertisement