आरजी कर घटनाको विरोधमा जलपाईगढी मेडिकल कलेज अस्पताल परिसरमा जूनियर डाक्टरहरूले बनाए चित्रहरू

IMG-20240920-WA0149

 जलपाईगढी: कोलकाताको आरजी कर अस्पतालमा तालिमप्राप्त जुनियर डाक्टरसँग भएको घटनापछि जनताको आक्रोश कम हुने संकेत देखिएको छैन। जनताले आआफ्नै तरिकाले आन्दोलन गरिरहेका छन्। शुरुदेखि नै जुनियर डाक्टरहरूले यस घटनाको विरोध गर्दै न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन्। आईजी कर अस्पतालका चिकित्सकले आन्दोलन अन्त्य गर्ने घोषणा गरे पनि आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। यसैबीच जलपाईगढी मेडिकल कलेज अस्पतालका जुनियर डाक्टरहरूले आरजी कर अस्पतालको घटनाको विरोध गर्दै तस्वीर बनाएर विरोध गरेका छन्। मेडिकल कलेज दोस्रो वर्षका विद्यार्थीले महिला संरक्षणको माग गर्दै तस्वीर बनाएर आरजीके अस्पतालमा भएको घटनामा छिटोभन्दा छिटो न्यायको माग गरेका छन्।

About Author

Advertisement