सिलगढी: २८ अगस्त कोलकातामा तृणमूल छात्र परिषदको स्थापना दिवस थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रमुख तथा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले आरजी कर काण्डका दोषीलाई तुरुन्त फाँसी दिनुपर्ने र यस घटनाको सीबीआईबाट उचित अनुसन्धान गर्न माग गरेकी छन्l यसै अन्तर्गत आज तृणमूल छात्र परिषदका विद्यार्थीहरूले दोषीलाई फाँसी दिनुपर्ने माग गर्दै सिलगढी कलेजको गेट अगाडि विरोध प्रदर्शन गरे।








