नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वश्रेष्ठ मौलिक गीत ‘नातू नातू’ ले गोल्डन ग्लोब्स पुरस्कार जितेकोमा फिल्म आरआरआरको सम्पूर्ण टीमलाई बधाई दिएका छन्। आरआरआर फिल्मको एउटा ट्वीट शेयर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘एउटा अति नै विशेष उपलब्धि! एमएम कीरावनी, प्रेम रक्षित, काल भैरव, चन्द्रबोस, राहुल सिप्लिगुंजलाई बधाई। म एसएस राजामौली, जूनियर एनटीआर, राम चरण र आरआरआर मूभीको सम्पूर्ण टीमलाई पनि बधाई दिॅंदछु। यस प्रतिष्ठित सम्मानले हरेक भारतीयलाई गौरवान्वित तुल्याएको छ।’










