नेपाल: आयो पेपरलेस भिजिटिङ कार्ड, यस्ता छन् विशेषता

Digital-Business-Card

काठमाडौं: मुलुकमा पहिलोपटक ‘नीयर–फिल्ड कम्युनिकेसन डिजिटल कार्ड’ प्रयोगको शुरुवात भएको छ। यो ‘पेपरलेस भिजिटिङ कार्ड’ हो। चिप प्रविधिमा आधारित कार्डमा एटीएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरु राखिएको हुन्छ। यसलाई आफूले विभिन्न ब्यांकहरुको एटीएम कार्ड बोकेझै गरी लिएर हिड्न मिल्ने हुन्छ। आफ्नो जानकारीहरु सजिलै अन्य व्यक्तिहरुलाई दिन सकिन्छ र मोबाइल नम्बर, इमेल र अन्य जानकारीहरु सजिलो र बिना झन्झटीलो तरिकाबाट दिन सकिन्छ। जुन चिपको माध्यमबाट कार्डलाई मोबाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोबाइल फोनको कन्ट्याक लिस्टमा सेभ गर्न सकिन्छ। कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरु आफूले चाहेको समयमा सम्पादन गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो।

विकसित मुलुकहरुमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भए पनि नेपालमा दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालिमार्फत भित्र्याएका हुन्। अर्याल कम्पनीका अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन्। कम्पनीको सीईइओ बंगलादेशका अबुल हसनत आइटीमा दख्खल राख्छन्। व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ कार्ड, अनलाइन र अफलाइन दुवैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैका लागि हुने, व्यक्तिगत नाम ‘इम्बोस’ प्रिन्ट हुने लगायतका विशेषता छन्।

कार्डको सफ्टवेयर एआई प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्नेहुन्छ। यसको डाटाहरुलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरु अपनाइएकाले डाटा हराउने तथा दुरुपयोगको जोखिम नहुने’ कम्पनीका प्रबन्ध निर्देशक बानियाँले बताए। चर्को मूल्य तिरेर बर्सेनि भिजिटिङ कार्ड छाप्ने झन्झटमा मुक्तहुन यो कार्ड उपयोगी हुने अध्यक्ष अर्यालले बताए। उनले भने, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पु¥याएको हुँदा यो कार्ड वातावरणमैत्री समेत छ।’ कार्डको शुरुवाती मूल्य ४ हजार राखिएको छ। जसमा कम्पनीले आकर्षक बक्ससहित कार्ड उपलब्ध गराउने जनाएको छ।

About Author

Advertisement