आयुष शेट्टी क्वार्टर फाइनलमा, सिन्धू र प्रणय पराजित

IMG-20260409-WA0074

नयाँ दिल्ली: युवा भारतीय शट्लर आयुष शेट्टी ब्याडमिण्टन एशिया च्याम्पियनशीपमा पुरुष एकल वर्गको क्वार्टर फाइनलमा पुगे। यसबीच महिला एकल वर्गमा पीभी सिन्धू र पुरुषहरूमा एचएस प्रणय चाहिँ पराजित भए। वर्ल्ड ऱ्याङकिंगमा २५औं स्थानमा रहने आयुषले २०औं ऱ्याङकिंग भएका चाइनीज ताइपेका चि यू जेनलाई २१-१६, २१-१२-ले पराजित गरे। यस जीतको साथ क्वार्टर फाइनलमा पुगेर आयुषले भारतको सम्भावनाहरूलाई जीवि राखे। अब उनको सामना तेस्रो वरीयता प्राप्त इण्डोनेशियाका जोनाथन क्रिस्टीसँग हुनेछ। २ पल्टको ओलम्पिक पदक विजेता सिन्धूलाई दोस्रो वरीयता प्राप्त चीनकी वांग झियिले ४६ मिनटसम्म चलेको म्याचमा २१-१८, २१-८-ले पराजित गरिन्। काँधको चोटबाट मुक्त भएर खेलिरहेका अनुभवी एचएस प्रणयले चीनका वेंग होंग यांगविरुद्ध २१-१२, २१-१९-ले हारको सामना गर्नु पऱ्यो। यसबीच मिश्रित युगलमा ध्रुव कपिला र तनीषा क्रास्टोको चौथो वरीयता प्राप्त जोड़ीले मलेशियाका चेन तांग जी र तो ई वेईको जोड़ीलाई २१-१३, २१-१४-ले पराजित गऱ्यो।

About Author

Advertisement