कालचिनी: आबकारी विभाग र पुलिसको सहयोगिता आज कालचिनी खण्डको मेन्दाबारी र मन्थराम बस्ती संलग्न क्षेत्रमा चलाएको अभियानमा विभिन्न अड्डाबाट बरामद गरिएको प्रायः ४५० लिटर चुलाई रक्सीहरू आबकारी विभागले जफत गरेको आबकारी विभागका कालचिनी प्रभारी ह्रदय कुमार रोय डाकुवाले जनाएका छन्।
आज निमती आउटपोस्टका पुलिसबलको सहयोगितामा मेन्दाबारी क्षेत्रमा गोप्य सूचनाको आधारमा अभियान चलाउँदा अवैद्य चुलाई रक्सीको अड्डा पतो लागेको र कसैलाई यस सम्बन्धमा पक्राउ गर्न नसकिएता पनि अवैद्य रक्सीहरु उद्धार गरेर सबै नालामा फ्याँकिएको आबकारी विभागले जनाएका छन्।
नकली र अवैद्य रक्सीहरू मानिसको लागि हानिकारक रहेको र यो अवैद्य भएकोले यसलाई प्रशासनले प्रश्रय नदिएको र यस्ता धन्धामा संलिप्त कसैलाई पुलिस र आबकारी विभागले नछोड़ने आबकारी विभागका कालचिनी प्रभारी ह्रदय कुमार रोय डाकुवाले जनाएका छन्।









