आफ्नो योजनाहरूमा कुनै बद्लाउ नगर्ने प्रशिक्षक गम्भीरको दावी

IMG-20250626-WA0000

लीड्स: भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरले बताएअनुसार, टीम म्यानेजमेण्टको पहिलो टेस्ट म्याचमा हारपछि पनि पेस बलर जसप्रीत बुमराहलाई ईंग्ल्याण्डविरुद्ध ३ वटाभन्दा अधिक टेस्ट म्याचमा खेलाउने कुनै योजना छैन। हेडिंग्लेमा हारको सामना गर्नु परे पनि ईंग्ल्याण्डका ब्याटरहरूलाई समस्यामा पार्ने बुमराह एकमात्र भारतीय बलर रहेका थिए। बुमराहले आफ्नो करियरमा चोटको समस्यासँग बारम्बार जुझ्नु परेको छ। यसैकारण कार्यभार प्रबन्धन नीतिअन्तर्गत टीम म्यानेजमेण्टले उनलाई ५ वटा टेस्ट म्याचमा केवल ३ वटा टेस्टमा खेलाउने फसेला गरेको छ। अब केवल ४ वटा टेस्ट म्याच बाँकी रहे पनि योजनामा कुनै बद्लाउ गरिनेछैन। गम्भीरले भने, हामी आफ्नो योजनामा बद्लाउ गर्ने छैनौं। हाम्रो निम्ति उनको (बुमराह) कार्यभार प्रबन्धन अधिक महत्त्वपूर्ण छ कारण आउँदो समयमा धेरै क्रिकेट खेल्नु छ अनि टीममा उनको महत्त्व हामी सबैलाई थाहा छ। सीरीजको दोस्रो टेस्ट म्याच २ जुलाईदेखि बर्मिंघममा शुरु हुनेछ। अब रहल ४ वटा टेस्ट म्याचमा बुमराहले कुन २ वटा टेस्ट खेल्नेछन् भन्ने अहिलेसम्म तय नगरिएको पनि गम्भीरले बताए। उऩले भने, बुमराहले अन्य २ वटा टेस्ट कुन-कुन स्थानमा खेल्नेछन् भन्ने अहिलेसम्म तय गरिएको छैन। उनी बिना पनि हामीसँग यस्तो बलिंग आक्रमण रहेको छ, जसले ईंग्ल्याण्डको चुनौतीहरूको सामना गर्न सक्नेछ। हामीलाई आफ्ना बलरहरूमाथि पूर्ण विश्वास छ।

About Author

Advertisement