आफ्नो भूल स्वीकार गरी माफी मागिन् सबालेंकाले

IMG-20250618-WA0006

पेरिस: बेलारुसकी स्टार महिला टेनिस खेलाड़ी आर्यना सबालेंकाले कोको गौफसँग माफी मागेकी छन्। बेलारुसकी खेलाड़ीले बताएअनुसार, फ्रेञ्च ओपनको फाइनलमा अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध पराजित भएपछि गरेको ‘गैर पेशादार’ टिप्पणीहरूको निम्ति उनले माफी मागेकी छन्। विश्वकी नम्बर एक खेलाड़ी सबालेंकाले बताएअनुसार, यस महिना पेरिसमा गौफले ६-७ (५), ६-२, ६-४-ले जीत हासिल गरेपछि उनको टिप्पणी एउटा गल्ती थियो। पेरिसमा म्याचपछि सबालेंकाले म्याचको परिणाम गौफकी प्रदर्शनको तुलनामा उनको आफ्नो गल्तीहरूले गर्दा अधिक थियो भनेकी थिइन् । सबालेंकाले भनिन्, यो मेरो निम्ति सम्पूर्ण रूपले गैर पेशादार थियो। मैले आफ्नो भावनाहरूलाई काबूमा राख्न सकिनँ। त्यस समय मैले जे पनि भने त्यसको निम्ति मलाई धेरै खेद छ। हामी सबैले गल्तीहरू गछौँ अनि जीवनमा सिकिरहेकी छु। मेरो विचारमा हामी सबैले कुनै न कुनै समय आफूमाथि नियन्त्रण गुमाउँछौं। मैले तुरन्तै नभए पनि हालै कोकोलाई पत्र लेखेर माफी मागेकी छु। यो कुरा म स्पष्ट गर्न चाहन्छु। फ्रेञ्च ओपनको फाइनलमा सबालेंकाले गौफकी ३० वटा सहज गल्तीहरूको तुलनामा ७० पल्ट सहज गल्तीहरू गरेकी थिइन्।

About Author

Advertisement