सिलगढी: सिलगढीका भाजपा विधायक शंकर घोषले आफ्नो नाममा नक्कली सामाजिक सञ्जाल एकाउन्ट बनाएर पार्टीको विरुद्ध प्रचार गरेको भन्दै सिलगढी साइबर क्राइम पुलिस स्टेशनमा उजुरी दिएका छन्। उनले सोमबार दिउँसो उजुरी दिएका हुन्। उनका अनुसार, धेरै समाज विरोधी र तृणमूल आबद्ध कार्यकर्ताहरूले फोटो र समर्थकहरूको नाम प्रयोग गरेर नक्कली सामाजिक सञ्जाल खाताहरू सिर्जना गरिरहेको बताएका छन्। उनले तत्काल पक्राउ गर्न माग गरेका छन्।










