आफ्नो तेज बलिंगद्वारा आईपीएलमा छाप छोड़न सफल अशोक शर्मा

IMG-20260405-WA0049

नयाँ दिल्ली: आईपीएल २०२६-मा एकजना नयाँ पेस बलर चर्चाको केन्द्र बनेका छन्। त्यस बलरको नाम हो अशोक शर्मा। गुजरात टाइटन्सका यस युवा पेसरले राजस्थान रोयल्सविरुद्ध म्याचमा १५० किमी प्रति घण्टाभन्दा अधिकको गतिमा २ पल्ट बल गरे। उनले १६औं ओभरमा पहिला डोनोवन परेराविरुद्ध १५०.७ किमी प्रति घण्टाको गतिमा बल गरे। त्यसपछि उनले ध्रुव जुरेलविरुद्ध १५४.२ किमी प्रति घण्टाको गतिमा बल गरे। यो आईपीएल २०२६-मा अहिलेसम्मको सबैभन्दा तेज बल हो। यसरी अशोक यस सीजनको सबैभन्दा तेज बलर बने। यस मामिलामा दोस्रो स्थानमा लखनऊ सुपर जाइण्ट्सका एनरिक नोर्खिया (१५०.९ किमी प्रति घण्टा) रहेका छन्। यस सूचीमा शीर्ष ५-मा अझ एकजना भारतीय पेस बलर रहेका छन्। कलकत्ताका कार्तिक त्यागीलले १४९.७ किमी प्रति घण्टाको गतिमा बलिंग गरेका छन्। गुजरात टाइटन्सका कगिसो रबाडा (१४९.१ किमी प्रति घण्टा) चौथो र चेन्नई सुपर किंग्सका जेमी ओवरटन (१४५.६ किमी प्रति घण्टा) पाँचौं स्थानमा रहेका छन्। आफ्नो दोस्रो आईपीएल म्याचमै लगातार १४५ किमी प्रति घण्टा भन्दा अधिकको गतिमा बलिंग गरेर अशोकले उनी भविष्यको स्टार बलर बन्न सक्ने संकेत दिएका छन्। आफ्नो तेज गतिद्वारा सबैलाई प्रभावित गरे पनि अशोकसँग चोटबाट बाँचेर खेल्ने चुनौती पनि रहेको छ। यसअघि आईपीएलमा मयंक यादव र उमरान मलिक जस्ता पेस बलरहरू आएका थिए, जसले आफ्नो घातक गतिद्वारा सबैलाई प्रभावित गरेका थिए तर चोटले गर्दा यी दुवै बलरको प्रगति हुन सकेन। यसैकारण टीम म्यानेजमेण्टले यी युवा पेस बलरहरूका कार्यभार प्रबन्धनमाथि विशेष ध्यान दिनु पर्नेछ।

About Author

Advertisement