आफ्नो गाउँ फोहोर मुक्त गाउँ बनाऊ फदमचेन गाउँले शुरु गऱ्यो अभियान

IMG-20230527-WA0316.jpg

गान्तोकः पूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत पर्ने पर्यटकीय सम्भावनाको खानी रहेको फदमचेन गाउँका ११२ घरधुरीले आफ्नो गाउँको सुन्दरतालाई सुगन्ध थप्ने प्रयासको रूपमा फोहोर मुक्त गाउँ बनाउने दिशामा पहल शुरु गरेको छ। गाउँले आमाहरूको अधिकांश सहभागिता रहेको सचेतना अभियानमा स्वच्छता सेवीहरूले बिहानदेखि बेलुकासम्म गाउँको सफाईको बारेमा सोच्छन्। गाउँमा भित्रिने पर्यटक र वाहनहरूबाट कतै फोहोर गलत रूपमा फ्याँकिन्छ कि भन्न सचेत आँखाहरू सधैँ सीसी क्यामेरा जस्तो गाउँको सफाईको निम्ति तयार रहेका हुन्छन्।

गाउँमा सफाई गर्न शुरु गरेको केही महिना हुँदैछ तर अहिले गाउँले आमाहरूको प्रयासलाई सकरात्मक रूपमा लिऩ थालिएपछि हौसला बढेको छ। उनीहरू भन्छन्, साह्रो-गाह्रो छ यो अभियान, तर असम्भाव भने छैन। भारत सरकारको भाइब्रेन्ट भिलेज परियोजना भित्र परिसकेको फदमचेन गाउँ जोलुक, नाथाङ जस्ता भारत-चीन सीमाका पर्यटकीय गाउँहरूको आधारमा पर्छ। जहाँ अहिले फोहोर मुक्त गाउँको परिकल्पनाले मौलाउने मौका पाएको छ।

यो परिकल्पनालाई डब्ल्युडब्ल्युएफ इण्डियाले उर्जा दिने कार्य गरेको छ। गाउँलेहरूलाई फोहोर सङ्कलन र त्यसलाई प्रबन्धनको लागी आवश्यक तकनीकि सहयोग पुऱ्याइरहेको छ डब्ल्युडब्ल्युएफ इण्डियाले। यसैक्रममा डब्ल्युडब्ल्युएफ इण्डियाले पहाड़ी राज्यहहरूलाई फोहोर र प्लास्टिक प्रदूषण मुक्त बनाउने दिशामा गरेको पहल २६ मईदेखि ३० मईसम्मको ‘द हिमालय क्लिन अप’ कार्यक्रम फदमचेन गाउँले पनि उत्साहपूर्वक पालन गऱ्यो। गाउँले समूहले स्थायी पाठशालमा विद्यार्थीहरूलाई लिएर सचेतना कार्यक्रम आयोजन गऱेको थियो। जहाँ सफाई अभियानसितै विद्यार्थीहरूले सड़क नाटक गरेर सुन्दर ढङ्गमा पर्यावरण विनाश र फोहोरको कारण हुने सङ्कटको प्रतिछाया सरल र प्रभावकारी ढङ्गमा प्रस्तुत गरेका थिए।

यसैगरि जलुक र थाम्बि क्षेत्रमा पनि फदमचेनका आमाहरूको समूहले वन विभाग पुलिस कर्मी र एसएसबीका साथमा मिलेर सफाई अभियान चलायो। जहाँबाट सङ्कलन गरिएका फोहोरहरूको ग्रेफ ग्राउण्डमा रहेको एमआरएफमा ल्याएर ब्राण्ड अडिट गर्ने तथा अलग-अलग गर्ने कार्य पनि गरेको थियो। यसरी गाउँलेहरूको प्रयासले बुनेको सपनाले विस्तारै पखेटा हाल्न थालेको छ भने फदमचेन गाउँ जसले पर्यटन प्रवर्धन माफर्त गाउँको अर्थनीति सुधार्ने कार्य गर्दैछ। स्वच्छताको दिशामा पनि नौलो कदम चालेर सफलताको सोपान चड्ने दिशामा सक्षम हुने देखिएको छ। द हिमालय क्लिन अप कार्यक्रम राज्यको विभिन्न क्षेत्रमा शिक्षा विभाग, वन विभाग लगायत पर्यावरणसित जोडिएर काम गरिरहेका विभिन्न संघसंस्थाहरूले सञ्चलन गरिरहेको डब्ल्युडब्ल्युएफ इण्ड़ियाका परियोजना प्रमुख प्रियदर्शनी श्रेष्ठले बताइऩ्।

About Author

Advertisement