आधार फाउन्डेसनको तर्फबाट किड्नी रोगीलाई आर्थिक सहयोग

sah-1.jpg

टिस्टा भेल्ली: आधार फाउन्डेसनको तर्फबाट टिस्टा भेल्ली डीपी साइड गैरी गाउँ निवासी किड्नी रोगी श्रीमति ज्योति रसाइलीलाई ३५ हजार रूपियाँ फाउन्डेसन टिस्टा भेल्ली शाखाका प्रमुख सल्लाहकार किशोर दर्नालको बाहुलीबाट प्रदान गरियो। आधार फाउन्डेसन केन्द्रिय समितिका प्रमुख चन्द्र रामुदामुले यहाँको सुस्वास्थ्यको कामना राख्दै विरामीको अवस्था देखेर भोली नै भ्यालोर लैजाने सुझाउ दिँदै आर्थिक सहयोगको निम्ति आधार फाउन्डेसन फेरि पनि आगाडी आउने वचन दिएका छन्। यस अवसरमा आधार फाउन्डेसन केन्द्रिय समितिका संयोजक विकास रामुदामु,प्रमुख सल्लाहकर दिपक विश्वकर्मा, सदस्य आजित विश्वकर्मा, आधार फाउन्डेसन टिस्टा भेल्ली शाखाका अध्यक्ष प्रणय रसाइली, कार्यकर्ता लगायत समाजका प्रतिनिधिहरु उपस्थित थिए।

About Author

Advertisement