आदिवासी संस्कृतिमाथि दुई दिवसीय कार्यशालाको समापन

39470da9-8340-49d8-808e-9d61a3cd8d71

कालचिनीः स्कूल अफ फोक म्युजिक एन्ड ड्रामाको आयोजना अनि आर्ट अफ लिभिङ वाईएलटीपी र युगान्तर परिवारको सहयोगितामा गत शनिबारदेखि सम्पन्न आदिवासी संस्कृतिमाथिको कार्यशाला मंगलबार समापन भएको जानकारी आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले दिएका छन्। कार्यशालामा आदिवासी संस्कृतिको संरक्षण लिएर व्यापक चर्चा भएको र यसबीच चारवटा गीतहरूको रचना गर्दै यसको संगीत भर्ने कार्य पनि गरिएको बताईएको छ।


एकता र सद्भावना, प्रकृति संरक्षण, सेफ ड्राइभ सेभ लाइफ र रक्तदानमाथि चारवटा गीतहरूको रचना गरिएको रामकुमार लामाले थप जनाएका छन्। कार्यशालामा अलिपुरद्वारबाट कवि तथा पत्रकार विवेकानन्द बसाक, आकास सुत्रधर अमिया साहा लगायत अन्यान्यको आतिथ्य रहेको थियो।
यस अघि पनि तामाङ सेलोमाथि स्कूल अफ फोक म्युजिक एन्ड ड्रामाको आयोजनामा कार्यशाला सम्पन्न भएको र आगामी २५ अगस्तदेखि तीन दिवसीय गारो, राभा र डुक्पा जनजातिमाथि कार्यशालाको आयोजना गरिने रामकुमार लामाले थप जनाएका छन्।

About Author

Advertisement