आदिवासी गोर्खा संयुक्त समितिको युवा एकाईको स्थायी समिति गठन

सिलगढी: बाग्राकोट चियाबारीमा आइतबार (२९ जनवरी) आदिवासी गोर्खा संयुक्त समिति (आगोसस)को युवा एकाईको बाग्राकोट चियाबारी शाखा  पूर्ण स्थायी रूपमा गठन गरिएको छ। स्मरण रहोस् पुरानो समितिका सम्पूर्ण भारप्राप्त पदाधिकारीहरुलाई यस नयाँ समितिको कार्यकारी सदस्यको रूपमा राख्दै नयाँ समितिको गठन गरिएको हो। यस समितिलाई आगोससको केन्द्रीय समितिले अनुमोदन गर्दै आइतबारदेखि नै कार्य सम्पन्न गर्न अनुमति प्रदान गरेको छ। युवा इकाईको नयाँ समितिमा पदाधिकारीहरू यसप्रकार छन्:  

अध्यक्ष मन्दिप पाख्रिन, उपाध्यक्ष सादर उराँव, महासचिव उज्ज्वल छेत्री, संयुक्त सचिव केमुना तामाङ, सहसचिव सचिन छेत्री, कोषाध्यक्ष अनिला प्रधान, सह-कोषाध्यक्ष युवाराज छेत्री अनि कार्यकारी सदस्यहरू विक्की अग्रवाल, अनिश दर्जी, निर्जल पाख्रिन, अनुरोध शर्मा, शुबम छेत्री, प्रमोद भुजेल, प्रदीप उराँव, दिवस विश्वकर्मा र संजोग भुजेल रहेका छन्।

यसरी नै आगोससको बाग्राकोट शाखामा पनि केही नयाँ कार्यकारी सदस्यहरू बाग्राकोटबाट संजीव छेत्री, अर्पण छेत्री, रहरमान गुरुङ, कुमार तामाङ आगोससको उद्धेश्य र सिदान्तलाई देखेर जोडिएका बताएका छन्। यस चिन्तन सभामा आगोससका भातृ समितिका अध्यक्ष  सघन मोक्तानको सभापतित्वमा सभा सम्पन्न भएको थियो। यस सभामा बाग्राकोट शाखाबाट प्रदीप मोक्तान, रमेश रोका, जोकिम केरकेट्टा, सतराम कुजुर, कुशल प्रधान, रुद्र प्रधान, विनोद प्रधान, रमण सुन्दास, सुमित थापा एव गणेश छेत्रीको उपस्थिति थियो।

About Author

Advertisement