आज सिङ्गताममा कानून व्यवस्था पूर्णरुपले विफल थियोः पासाङ शेर्पा

IMG-20230408-WA0254.jpg

गान्तोक। आज सिङ्गताम भएको हिंसाको घट्नालाई लिएर जोइन्ट एक्शन काउन्सिल (ज्याक)ले कड़ा शब्दमा निन्दा र प्रतिवाद जनाएको छ। वित्त ऐन २०२३को विरोधमा डाकिएको शान्तिपूर्ण जुलूस शुरु हुन अघि नै काउन्सिलका महासचिव केशव सापकोटमाथि भएको प्राणघातक आक्रमणलाई लिएर विरोध जनाउँदै काउन्सिलका सदस्यहरूले गान्तोक जिल्ला प्रशासनको कार्यालय घेराउ गरेको थियो।
यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै काउन्सिलका प्रवक्ता डुक नाथ नेपालले आज बिहान सिङ्गताममा पुलिस प्रशासनले होइन तर गुण्डाहरू राज गरेको बताए। उनको भनाइअनुसार पुलिस प्रशासनको उपस्थितिमा नै काउन्सिलका महासचिव केशव सापकोटामाथि प्राणघातक आक्रमण भएको हो। यसरी नै काउन्सिलका उपाध्यक्ष पासङ शेर्पाले पनि आज सिङ्गताममा कानून व्यवस्था पूर्णरुपले विफल भएको दावी गरे। उनले आजको घट्नालाई लिएर नाम नलिकन सत्तारुढ़ एसकेएम पार्टीमाथि आरोप लगाए।
आजको घट्नापछि जोइन्ट एक्शन काउन्सिललाई राखिराख्ने तथा विघटन गर्ने भन्ने बारेमा चाँड़ो एउटा साधरण सभा डाकेर निर्णय लिइने प्रवक्ता डुकनाथ नेपालले बताए। साधरण सभामा सबैको सहमतीमा निर्णय लिइने उनले थप बताए। यसको साथै यदि काउन्सिलले सही काम गर्दैछ भने उनले जनसहयोगको अपील पनि गरेका छन्।

About Author

Advertisement