आज साँझदेखि पानी पर्ने सम्भवना

rains-copy-1

कोलकाता: चर्को गर्मीका कारण बंगालमा जनजीवन निक्कै प्रभावित भएको छ। यसैबीच, अलिपुर मौसम विभागका अनुसार शनिबार पनि पुरुलिया, बांकुरा, झारग्राम, वीरभूम, मुर्शिदाबाद, मेदिनीपुर र बर्दवान जिल्लामा एल्लो अलर्टद्वारा गर्मीको लहरको सतर्कता गराएको छ। तर, शनिबार दिउँसोपछि स्थिति फेरिनेछ। यस दिन वीरभूम, मुर्शिदाबाद, नादिया, २४ परगना र पूर्वी मेदिनीपुरमा वैशाखी अघि पहिलो कालवैशाखी हुने सम्भावना छ। उत्तर बंगालको दार्जीलिङ, जलपाईगढी, कालेबुङ र अलिपुरद्वार जिल्लाहरूमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। आइतबारदेखि कतै पनि गर्मीको लहर आउने सम्भावना छैन, यस दिन कोलकाताको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस हुनसक्छ। बिहानको न्यूनतम तापक्रम २७ डिग्री रहनेछ। हावामा सापेक्षिक आर्द्रता ४६ देखि ७८ प्रतिशत रहेको छ।

पश्चिम–मध्य बंगालको खाडीबाट आएको उल्टो दिशाको प्रभावले हावामा जलवाष्पको मात्रा बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण शनिबारदेखि मौसम बदली हुनेछ। जसका कारण आइतबारदेखि कोलकातालगायत दक्षिण बंगालका विभिन्न जिल्लाको तापक्रम तीनदेखि चार डिग्रीले घट्न सक्नेछ। आइतबारदेखि राज्यका तटीय र पूर्वी जिल्लामा पानी पर्ने सम्भावना छ। सोमबार र मंगलबार पानी पर्ने सम्भावाना रहेको छ। ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा हुरी चल्ने र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बांकुरा, बीरभूम, मुर्शिदाबाद, नादिया, उत्तर २४ परगना र पूर्वी मेदिनीपुर जिल्लाहरूमा भारी वर्षा हुनसक्छ।

About Author

Advertisement