आज १४ फरवरी प्रणय दिवस। विश्वभर प्रेम साटासाट गरी मनाइन्दैछ। विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन्। युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ। भ्यालेन्टाइन-डेका रुपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन्। प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ। प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको १४ फरवरीमा भालेन्टाइन-डे मनाउने गरिएको हो।









