आज देखि तीन दिनसम्म ओली झापामा रहने

IMG-20240521-WA0374.jpg

झापा: नेपाल कम्युनिस्ट पार्टी एकिकृत मालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मई २१आज (मंगलबार)देखि तीन दिन सम्मका लागि गृह जिल्ला झापा आएका छन्। विशेष गरि एकिकृत मालेको दमकमा हुने नगर कमिटीको अधिवेशनको सरगर्मी बढ्दै जाँदा ओलीको यहाँ भएको आगमनलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ। आफनो निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतको दमक नगर अधिबेशन यहि मई २२ र २३मा हुदै छ।

नेकपा एकिकृत मालेका नेता एवं प्रदेशसभा सदस्य होम बहादुर थापाका अनुसार पार्टी अधिवेशन बाहेक विकास निर्माणका योजनाहरुको सिलान्यास तथा उद्घाटन सम्बन्धि अन्य कार्यक्रमहरु समेतमा अध्यक्ष ओलीको प्रमुख उपस्थिति रहने छ। झापा क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्य एल पी साँवाका अनुसार अध्यक्ष ओलीले शिवगंज स्थित कन्काई नदीमा निर्माण गरिने पुलको समेत सिलान्यास गर्ने कार्यक्रम रहेको छ। यसबाहेक एसियन हाइवे ( काकड़भिट्टा, इनरुवा, लौकही) सडकको सिलान्यास पाडाजुंगीमा गर्ने कार्यक्रम पनि छ। त्यस्तै गौरिगंजमा एक निजि उद्योग उद्घाटनमा अध्यक्ष ओली सहभागी हुनेछन।

About Author

Advertisement