आजादी का अमृत महोत्सवअन्तर्गत राज्यमा कोरोनाको बुस्टर डोज लगाइने

Covid-Booster.jpeg

गान्तोक: आजादी का अमृत महोत्सव कार्यक्रमअन्तर्गत निशुल्क कोविड सावधानी खुराक अर्थात कोरोनाको बुस्टर डोज तीनै वर्गका मानिसहरूलाई दिइने कार्य सिक्किममा पनि भोलि २५ जुलाईदेखि शुरु हुनेछ। जिल्ला अस्पताल सिङतामद्वारा जारी सूचनाअनुसार, भोलि पहिलो दिन सुमिन लिङ्जे सीनियर सेकेण्डेरी स्कूलमा बुस्टर डोज दिइने कार्यक्रम आयोजन हुनेछ। यसरी नै २६ जुलाईमा सुमिन प्राथमिक स्वास्थ्य उपकेन्द्रमा, २७ जुलाईमा छलमथाङ सीनियर सेकेण्डेरी स्कूलमा, २८ अनि २९ जुलाईमा सिङताम नगरपञ्चायतको सामुदायिक भवनमा बुस्टर डोज लगाउने कार्य हुनेछ।

जानकारी गराइन्छ, मानिसको शरीरमा कोरोनाविरुद्ध भएको रोग प्रतिरोधक क्षमतालाई बढ़ाउन बुस्टर डोज दिइनेछ। समयसँगै भ्याक्सिनको प्रभाव साथै रोग प्रतिरोधक क्षमतामा कमि आउने कुरालाई ध्यानमा राखेर यो पहल गरिएको छ। यो बुस्टर डोज लगाउनको निम्ति कोविडको दोस्रो खोप लगाएको कम्तिमा ६ महीना पुगेको हुनपर्नेछ। कोरोनाको दुवै खोप लगाइसकेका १८ वर्षभन्दा अधिक उमेर पुगेकाहरूलाई बुस्टर डोज पनि कोविशील्डकै दिइनेछ। यसरी नै १५-देखि १८ वर्षसम्म पुगेका कोरोनाको पहिलो अनि दोस्रो खोप लगाइसकेकाहरूलाई बुस्टर डोज पनि कोभ्याक्सिनको दिइनेछ भने १२-देखि १४ वर्षकाहरूलाई कोर्बिभ्यासको बुस्टर डोज दिइनेछ।

About Author

Advertisement