आजादीका अमृत महोत्सव अन्तर्गत विभिन्न सरकारी कार्यालयहरूमा राष्ट्रीय झण्डा लगाइयो

IMG-20220801-WA0196.jpg

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत देउराली, बैगुने र जोरथाङमा सञ्चालित राज्य व्यापार निगम सिक्किमले पनि राष्ट्रीय झण्डा विभागमा लगायो। आजादीका अमृत महोत्सव अन्तर्गत विभागले नयाँ एलपीजी ग्यास सिलिन्डर क्रेताहरूलाई दस प्रतिशत छुट दिने घोषणा गरेको छ। यसै क्रममा आज विभागको प्रेक्षागृहमा एक कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा विभागका अध्यक्ष एवम विधायक विष्णु कुमार खतिवाडाले आज नयाँ ग्यास सिलिन्डर लिनेहरूलाई दस प्रतिशत छुट दिँदै ग्यास प्रदान गरे। मुस्कान छेत्री र टुविङ्कल कुमारीले यसको लाभ उठाए। यी दुई प्रथम उपभोक्ता हुन् जसले दस प्रतिशत छुट प्राप्त गर्न सफल बनेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक खतिवडाले सिक्किम राज्य व्यापार निगमको पृष्ठभूमिबारे विस्तृतरूपमा जानकारी गराए। उनले जानकारी गराए अनुसार राज्यमा पहिलो पल्ट १९७५ एलपीजीको शुरूवात गरिएको हो। वर्ष १९७५ देखि अहिलेसम्म विभागले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा पुऱ्याउँदै आएको उनले अवगत गराए।

About Author

Advertisement