खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले चुनावी प्रचारलाई तीव्रता दिँदै आज खरसाङ गिद्दे पहाड समष्टिले आयोजना गरेको कार्यक्रममा भाग लिए। सभालाई सम्बोधन गर्दै अनित थापाले आजसम्म अनित थापाले पहाडको जिम्मेवारी बोकेर आएको छ, अब बिस्तारै अनित थापाले गोर्खाल्याण्डको जिम्मेवारी पनि बोकेर लानेछ भनी बताएका छन्। उनले २८१७ सालदेखि आफु अनि समुहलाई गोर्खाल्याण्ड विरोधीको कलंक लागेको थियो भन्दै अनित थापाले गोर्खाल्याण्डको मुद्दा उठाउनु सक्दैन भन्ने जुन भ्रान्ती जनतामाझ फैलाइएको थियो आज त्यसलाई समाप्त गरेको छु भन्दै २०१७ मा जुन टेक लिएर अघि बढे आज म गर्वसँग भन्छु मैले लिएको टेक सही थियो। त्यो समय म अनि मेरो समुहलाई गोर्खाल्याण्ड विरोधीको ट्यागसम्म लगाए भनी बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आगामी जीटीए चुनावमा दुईवटा समष्टिहरूबाट आफ्नो नामांकन पत्र भरेका छन् जसमा खरसाङ गिध्द पहाड़ समष्टि पनि हो र यही समष्टीमा आफ्नो चुनावी सभामा अघि भने – ‘अहिले पहाडको नेताहरुलाई हेर्छु, सबैजनाको मुखमा पीपीएस मात्र छ तर पीपीएस के हो कसैलाई थाहा छैन भन्दै स्थायी राजनैतिक समाधान भन्छन् तर भन्नेलाई पनि थाहा छैन अनि दिनेलाई पनि थाहा छैन् भनी बताएका छन्। उनले मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङको एउटा बैठकमा हामीलाई पीपीएसको खेस्रा बुझाउनु भनी हामीलाई आग्रह गर्नु भएको थियो, तर हामीले पीपीएसमाथि काम गरेनौं कारण गोर्खाको आकांक्षा गोर्खाल्याण्ड हो भनी बताएका छन्। गोर्खाल्याण्ड आन्दोलन गरेर, जलाएर, हिंसा फैलाएर ल्याउने चीज होइन भन्दै उनले जीटीएको चुनाव सही मञ्च हो गोर्खाल्याण्डको मुद्दालाई अघि बढाउने र गोर्खाल्याण्डको डायलग जीटीएबाट नै सुरु हुन्छ, गोर्खाल्याण्डको निम्ति बन्द हुनु पर्दैन, झमेला गर्नु पर्दैन। वास्तवमा जान्ने मान्छेले गोर्खाल्याण्ड मागेको नै छैन, म पनि जान्दछु भन्दिन, जान्ने मान्छेको हातमा यो मुद्दा सुम्पिनु पर्छ भनी बताएका छन् । उनले आफ्नो राजनैतीक यात्रा एउटा आन्दोलन अनि मिशन बोकेको यात्रा थियो भन्दै पहाडमा हामीले चलाएको प्रजातान्त्रिक मिशन आज आएर सफल भएको छ भनी बताएका छन्।
अब अनित थापाको मिशन झन संघर्षमय रहेको बताउँदै आजसम्म अनित थापाले पहाडको जिम्मेवारी बोकेर आएको छ, बिस्तारै बिस्तारै अनित थापाले गोर्खाल्याण्डको जिम्मेवारी पनि बोकेर लानेछ। म यो जिम्मेवारी सही ढंगमा अघि लानेछु भनी बताएका छन् । आजको सभालाई समष्टिका महासचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए भने सभामा समष्टिका शीर्ष नेतृत्वहरू, कार्यकर्ता अनि समर्थकहरुको बाक्लो उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।









