खरसाङ: आजदेखि खरसाङमा सभासद कार्यालय सुरु भएको छ। खरसाङको शाखाको सचिवालयमा यो कार्यालय शुरु गरिएको छ। आज यस कार्यालयको विधिवत् रूपमा उद्घाटन गरियो। जनतालाई चाँडो साथै सही समयमा सेवा पुर्याउन हेतु नै सभासद कार्यालय सुरु गरेका जीटीए प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। सभासद्हरु जनताका प्रतिनिधि हुन्। खरसाङ क्षेत्रका जनताले यस सेवाको उपभोग गरेर लाभ उठाउने छन् भन्ने कुरालाई आफु विश्वस्त रहेको कुरा तिनले बताएका छन्।

प्राप्त जानकारी अनुसार अबदेखि खरसाङ क्षेत्रका सभासदहरु परेश तिरकी नुरी शेर्पा, नवराज छेत्री, श्याम शेर्पाले यही सचिवालयबाट आ-आफ्नो कार्य सञ्चालन गर्ने भएका छन्।










