सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा घोषपुकुर थाना पुलिसले गएराति २६ लाख रुपियाँसहित पाँच जनालाई पक्राउ गरेको हो। हिजो एक ठाउँमा लाखौं रुपियाँ लिएर केही व्यक्ति उभिएको पुलिसलाई गोप्य स्रोतबाट जानकारी प्राप्त भएको थियो। त्यसपछि घोषपुकुर थानाका ओसी चिरञ्जित घोषसहितका पुलिस त्यहाँ पुगेर पाँचजनालाई सोधपुछ गर्न थाले। यसपछि उनीसँगको झोलाबाट २६ लाख रुपियाँ बरामद भएपछि पुलिसले पाँच जनालाई पक्राउ गरेको थियो, उनीहरुसँग पैसाको वैध कागजात थिएन। राज्यमा आचारसंहिता लागू छ र यस्तो अवस्थामा यति धेरै रकम असुली हुनु विशेष कुरा हो।

पक्राउ पर्नेमा घोषपुकुर क्षेत्रका अनिल क्षेत्री (३५), अशोक दास (५२), रणक गुरुङ (२७), पिन्टु जैसवाल (२५), भिन्चे एक्का (४४) र जस्टिन टोपे (२६) रहेका छन्। पक्राउ परेका मानिसहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। घोषपुकुर थाना पुलिसले पैसा कुन उद्देश्यका लागि लगाइएको थियो पत्ता लगाउन सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।









