आग्नेयास्त्रको साथ युवक पक्राउ

IMG-20230528-WA0320-5-300x172-7

कुचबिहारः सिताई थाना पुलिसले एक युवकलाई आग्नेयास्त्रको साथ पक्राउ गरेको छ। पक्रा परेको युवकको नाम हासिम मियां (२३) बताइएको छ। बिहिवार सिताई थाना पुलिसले पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको छ।

सिताई थाना प्रभारी प्रवीण प्रधान अनुसार, बुधवार अबेर राति गुप्त सूचनाको आधारमा उत्तर बराथर क्षेत्रमा अभियान चलाइयो। यस अवधि पुलिसलाई देखेर दुई युवक भाग्न थाले। जसमध्ये एक युवकलाई पछ्याएर समाइयो। तलाशी लिँदा युवकदेखि जिउँदो कारतूस र एक आग्नेयास्त्र उद्धार गरियो। पक्रा परेको य़ुवकसित सोधपुछ जारी छ।

About Author

Advertisement