गान्तोक: आख्यानकार प्रवीण राई जुमेली साहित्यमा एक चर्चित नाम हो।हालैमा उनको बहुचर्चित उपन्यास ‘सन्नेरेटा’को चर्चा चलिरहेको छ।विशेष गरेर यस उपन्यासको शीर्षकले पाठकमा एक रहस्यको पर्दा झुण्ड्याइदिएको छ।यस उपन्यास सन्नेरेटा शीर्षकको रहस्य भने आज खोलिएको छ। सिक्किम विश्वविद्यालयको नेपाली विभागले यस उपन्यासको शीर्षकको रहस्य खोलाएको छ। तादोङस्थित पर्यटन विभागको सम्मेलन कक्षमा आयोजित ‘सन्नेरेटा’ विमर्श कार्यक्रममा साहित्यकार, पत्रकार, चित्रकार, सरकारी अधिकारीहरु, युनिभर्सिटीका प्रोफेसरहरु, शोधार्थीहरु अनि विद्यार्थीहरुको बाक्लो उपस्थितिमा आख्यानकार जुमेलीले आफ्नो उपन्यासको शीषकको रहस्योदघाटन गरे।ज्ञात रहोस कि गत जनवरी २०२२ मा सार्वजनिक भएको ‘सन्नेरेटा’ ले आमपाठकहरुमा विभिन्न प्रकारका अन्योलता बढ़ाएको थियो। उपन्यासको शीर्षकमाथि थुप्रै प्रकारका अड़कलबाजी उब्जिएका थिए। यी सबै अड़कलबाजीहरुलाई विराम लगाउँदै सिक्किम विश्वविद्यालयको नेपाली विभागले यसको रहस्य उदाङ्गो पारिदिएको छ। विभागको ‘लेखकसंग भेट’ नामक कार्यक्रमअन्तर्गत ‘सन्नेरेटा’ विमर्श राखिएको थियो। विमर्शमा समालोचक पेम्पा तामाङ. जय क्याक्टस, डा. देवचन्द्र सुब्बा र आख्यानकार प्रवीण राई जुमेलीले भाग लिए।सहजकर्ताका रुपमा प्रोफेसर कविता लामा थिइन्। विमर्शमा भाग लिँदै समालोचक तामाङले सन्नेरेटामा कुनै मुख्य पात्र नभएको बताए। उऩले भने, ‘सन्नेरेटा’ मा घटना र पात्र स्वतन्त्र छन्। यसक्रममा डा. देवचन्द्र सुब्बाले भने, साहित्यमाचार प्रकारका पाठकहरुमध्ये सन्नेरेटाका क्वालिटी पाठकहरु छन्। विमर्शमा समालोचक जय क्याक्टसले सन्नेरेटालाई राजनीतिक उपन्यास बताए। पाठकहरुले पढ़्दा यसलाई गाह्रो नमान्ने र यसो भए बुझ्न सहज नहुने बताए।उपन्यास र यसको शीर्षकबारे उत्पन्न रहस्यबारे प्रकास पार्दै आख्यानकार जुमेलीले भने, ‘सन्नेरेटाट’ सन्नाटा र न्यारेटिभ शव्दबाट बनिएको हो। उपन्यास समाजको अराजगतामाथि तयार पारिएको जिकिर गर्दै राई जातको कुलुङ उपजातको पात्रहरु र विषय भए तापन सबै प्रतिकात्मक रुपमा रहेको साथै समाजको प्रतिनिधित्व गरेको बताए।कार्यक्रमको अध्यक्षीय सम्बोधनमा सिक्किम युनिभर्सिटी नेपाली विभागका प्रोफेसर पुष्प शर्माले विमर्श,पाठकहरु तथा विशेष विद्यार्थीहरुलाई भरपूर लाभ पुग्ने उल्लेख गरिन्। उपन्यासभित्रका विभिन्न विषयलाई आगामी दिनमा विमर्शमा राखिए यसले पाठक तथा उपन्यास दुवैलाई बुझ्न सहज बन्ने बताइन्।










