कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले आउँदो सोमबार मन्त्रीमण्डलको विस्तार गर्न गइऱहेकी छन्। राज्य सचिवालयका स्रोतहरूले शनिबार यसबारे पुष्टि गर्दै जानकारी गराएका छन्, उद्योग, इलेक्ट्रोनिक्स र संसदीय कार्य मन्त्रालयबाट पार्थ च्याटर्जीलाई मुक्त गरिएपछि यी तीनै मन्त्रालयको जिम्मा अन्य कुनै नेतालाई दिइनेछ। स्रोतहरू अनुसार, यस विस्तारमा कम्तीमा दुई नयाँ मन्त्री बनाउन सकिन्छ। शिक्षक नियुक्ति भ्रष्टाचार मामिला पक्रा परेपछि गत बिहीबार मुख्यमन्त्री ममता ब्यानर्जीको क्याबिनेटबाट पार्थ च्याटर्जीलाई हटाइएको छ। तबदेखि यी तीनै मन्त्रालय मुख्यमन्त्रीको जिम्मा छ। मन्त्रीमण्डलमा नयाँ अनुहार को हुनेछ, यसलाई लिएर अकड़लहरू तीव्र भएको छ र धेरैको नामहरूको चर्चा भइऱहेछ। भाजपा छोड़ेर तृणमूल कांग्रेसमा सामेल भएका बाबुल सुप्रियो, मनीष गुप्ता र निर्मल माझीको नाम चर्चामा रहेको छ। स्रोतहरू अनुसार, केही मन्त्रीहरूको विभाग पनि बदली गर्न सकिन्छ।











