आउँदो वर्ष भारतमा हाइड्रोजन ट्रेन चल्ने रेलमन्त्रीको घोषणा

00-Hydrogen-Train

नयाँ दिल्ली: रेल मन्त्री अश्विनी वैष्णवले बिहीबार भनेअनुसार भारतले हाइड्रोजनबाट चल्ने रेलहरू बनाइरहेको छ र यो सन् २०२३ सम्ममा तयार हुनेछ। भुवनेश्वर, ओडिशाको एसओए विश्वविद्यालयका वैष्णवले भने, ‘भारतीय रेलले गतिशक्ति टर्मिनल नीतिअन्तर्गत रेल नेटवर्क मार्फत दुर्गम क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको छ। यो काम तीब्र गतिमा भइरहेको छ। भारतमा स्वदेशी प्रविधिबाट हाई-स्पीड वन्दे भारत ट्रेनहरू निर्माण गरिएका थिए र यी रेलहरू विगत दुई वर्षदेखि कुनै ठूलो त्रुटिविना चलिरहेका छन्l’ उनले यस्ता थप वन्दे भारत एक्सप्रेस रेलहरु आईसीएफमा बनाउँदै छिट्टै सेवामा ल्याइने बताए। भर्खरै वन्दे भारत रेललाई रेलवे सुरक्षा आयुक्तबाट हरियो संकेत प्राप्त भएको छ।

अहिलेसम्म जर्मनीले मात्र हाइड्रोजनबाट चल्ने रेलहरू निर्माण गरेको छ। यस वर्ष जर्मनीले हाइड्रोजन-संचालित यात्री ट्रेनहरूको पहिलो ब्याच शुरु गरेको छ। फ्रान्सेली कम्पनी अल्स्टोमले ९२ मिलियन डलरको लागतमा १४ वटा रेल निर्माण गरेको छ। यसअघि रेल र ट्रयाक व्यवस्थापनका सम्बन्धमा मन्त्रीले भनेका थिए, ‘हाम्रो ध्यान रेल बनाउने मात्र होइन। हामीले ट्र्याक व्यवस्थापन प्रणालीमा पनि काम गरिरहेका छौं ताकि सेमी हाई स्पीड ट्रेनहरू चलाउन सकियोस्। वन्दे भारत एक्सप्रेसको ट्रायल रनमा हामीले १८० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरहेको ट्रेनमा पानीले भरिएको गिलास राखिएको देख्यौं र त्यो अलिकति पनि चलेन तर संसारलाई चकित पार्योl’ वैष्णवले वन्दे भारतको सफल ट्रायल रनपछि बाँकी ७२ रेलको उत्पादन सुरु हुने बताउँदै उनले भने, ‘तेस्रो वन्दे भारत ट्रेनको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा हुनेछl’ यसले ५२ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको गति लिन्छ। जबकि बुलेट ट्रेनले यो गति ५५ सेकेन्डमा समात्छ। पहिलो पुस्ताका वन्दे भारत ट्रेनहरूले ५४.६ सेकेन्डमा ०-१०० किमी प्रतिघण्टाको गति लिन सक्छन् र १६० किमी प्रतिघण्टाको गतिमा दौडन सक्छन्। हाल, दुईवटा वन्दे भारत ट्रेनहरू चलिरहेका छन्, एउटा नयाँ दिल्लीबाट वाराणसी र अर्को नयाँ दिल्लीबाट वैष्णोदेवी। 

About Author

Advertisement