आउँदो डेढ वर्षमा मिशन मोडमा १० लाख मानिस भर्ती गर्ने प्रधानमन्त्रीको निर्देश  

प्रधानमन्त्री नरेन्द्र मोदी l फाइल फोटो

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विभागहरू र मन्त्रालयहरूमा मानव संसाधनको स्थितिको समीक्षा गर्ने बताएका छन्। उनले आउँदो डेढ़ वर्षमा मिशन मोडमा १० लाख मानिस भर्ती गरिने निर्देश दिए। प्रधानमन्त्री कार्यालयले मङ्गलबार ट्वीट गर्यो, प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विभागहरू र मन्त्रालयहरूमा मानव संसाधनको स्थितिको समीक्षा गरे अनि सरकारद्वारा आउँदो डेढ वर्षमा मिशन मोडमा १० लाख मानिसको भर्ती गर्ने निर्देश दिए। केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले प्रधानमन्त्रीको यस कदमलाई आत्मनिर्भर भारतको दिशामा ठूलो कदम ठहर गरेका छन्। उनले ट्वीट सन्देशमा भने, प्रधानमन्त्री नरेन्द्र मोदीले गत केही वर्षमा सरकारलाई अधिक जवाबदेही र शासनलाई अधिक जन केन्द्रित बनाएका छन्।

About Author

Advertisement