आईसीसी र ईसीबी-द्वारा महिला टी२० वर्ल्ड कपको क्रीड़ासूची जारी

IMG-20250618-WA0056

दुबई: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र आयोजक ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले बुधवार महिला टी२० वर्ल्ड कप २०२६-को सम्पूर्ण क्रीड़ासूची घोषणा गऱ्यो, जसमा १२ वटा टीमले हिस्सा लिनेछ। भारतीय महिला क्रिकेट टीमले महिला टी२० वर्ल्ड कपमा चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध म्याचको साथ १४ जूनमा आफ्नो अभियान शुरु गर्नेछ। आउँदो साल हुने यो टुर्नामेण्ट २४ दिनसम्म चल्नेछ, जसको शुरुवात १२ जूनदेखि हुनेछ अनि फाइनल ५ जुलाईमा खलिनेछ। टुर्नामेण्टका ३३ वटा म्याच ईंग्ल्याण्डका ७ वटा स्थानहरूमा खेलिनेछ। टुर्नामेण्टको पहिलो म्याच १२ जूनमा एजबेस्टनमा आयोजक ईंग्ल्याण्ड र श्रीलंकाबीच खेलिनेछ। आईसीसी महिला टी२० वर्ल्ड कपका म्याचहरू एजबेस्टनबाहेक हेम्पशायर बाउल, हेडिंग्ले, ओल्ड ट्रेफर्ड, द ओवल, ब्रिस्टल काउण्टी मैदान र लर्ड्समा खेलिनेछ। दुईवटा सेमिफाइनल म्याच ३० जून र २ जुलाईमा खेलिनेछ। यसरी फाइनल म्याच ५ जुलाईमा लर्ड्समा खेलिनेछ। टुर्नामेण्टमा हिस्सा लिने १२ वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप १-मा ६ पल्टको च्याम्पियन अष्ट्रेलिया, गत संस्करणको उपविजेता दक्षिण अफ्रिका, भारत, पाकिस्तान र २ वटा क्वालीफायर टीम सामेल छ। यसरी ग्रुप २-मा गत च्याम्पियन न्यूजील्याण्ड, वेष्ट इण्डिज, श्रीलंका, आयोजक ईंग्ल्याण्ड र २ वटा क्वालीफायर टीम सामेल छ। प्रत्येक ग्रुपबाट शीर्ष दुईवटा टीमले सेमिफाइनलमा स्थान बनाउनेछ।

About Author

Advertisement