काठमांडू: आईसीसी महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुवात गरेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो।
नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो।








