आईसीसी पुरुष टी२० विश्व कपमा भारतको ऐतिहासिक विजय: अग्निमित्रा पाल

FB_IMG_1773041083757

आसनसोल: इतिहासको पुनरावृत्ति गर्दै, पुरानो कीर्तिमानलाई पछि पार्दै भारतले नयाँ इतिहास रचेको कुरा संजालमा राखिन् आसनसोल दक्षिणकी भाजपा विधायिका अग्निमित्रा पालले। उनले आईसीसी पुरुष टी२० विश्व कपमा भारतले शानदार विजय हासिल गरेको बताइन्।
विधायिका अग्निमित्रा पालले यस जितलाई नयाँ भारतको आत्मविश्वास र सामर्थ्यको प्रतीकका रूपमा हेरिएको व्यक्त गरिन्। साथै कठिन प्रतिस्पर्धाबीच उत्कृष्ट प्रदर्शन गर्दै भारतीय टोलीले फेरि एकपटक विश्व क्रिकेटमा आफ्नो प्रभुत्व प्रमाणित गरेको अवगत गराइन्।
अन्तमा विधायिका पालले विश्वकप विजेता भारतीय टोलीका सम्पूर्ण खेलाडी तथा टोलीका सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले भनिन् यो ऐतिहासिक उपलब्धिले देशभर गर्व र उत्साहको वातावरण सिर्जना गरेको छ।

About Author

Advertisement