आईसीएआर सिक्किम केन्द्रका निदेशकद्वारा राज्यपालसँग शिष्टाचार भेट

Screenshot_20251217_232615_Instagram

गान्ताेक: आईसीएआर सिक्किम केन्द्र, तादोङका निदेशक डा. अशोक कुमारले आज वैज्ञानिकहरूको टोलीसहित लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा डा. कुमारले केन्द्रमा सञ्चालन भइरहेका अनुसन्धान तथा किसानमुखी गतिविधिहरूबारे जानकारी गराएका थिए।
लोकभवनका अनुसार वैज्ञानिक टोलीले तादोङस्थित आईसीएआर परिसरमा उत्पादन गरिएका सुन्तला, कीवी, राजमा र हर्दी राज्यपाललाई प्रस्तुत गरेका थिए। हर्दीमा करिब ६.८ प्रतिशत करक्यूमिन पाइने बताउँदै यसको क्यान्सर रोधी गुणबारे जानकारी दिइयो। वैज्ञानिकहरूले राज्यपाललाई तादोङ परिसर र मंगन जिल्लाको लोवर जङ्गु क्षेत्र भ्रमणको निम्तो दिएका छन्। कृषि क्षेत्रमा रुचि राख्ने राज्यपालले चाँडै भ्रमण गर्ने आश्वासन दिएका छन्।

About Author

Advertisement