आईपीएल २०२६-को पहिलो म्याचमै मुम्बई इण्डियन्सले हासिल गऱ्यो एकाधिक उपलब्धिहरू

IMG-20260330-WA0075

मुम्बई: मुम्बई इण्डियन्सले आईपीएल २०२६-को आफ्नो पहिलो म्याचमै इतिहास रच्दै एकाधिक उपलब्धिहरू हासिल गऱ्यो। आइतवार राति कलकत्ता नाइट राइडर्स (केकेआर)-विरुद्ध ६ विकेटले जीत हासिल गर्ने मुम्बई इण्डियन्स आईपीएल इतिहासमा ३०० वटा म्याच खेल्ने पहिलो टीम बन्यो। यसरी टी२० प्रारूपमा ३०० या त्यसभन्दा अधिक म्याच खेल्ने मुम्बई इण्डियन्स केवल तेस्रो टीम बन्यो। यस सूचीमा पाकिस्तान राष्ट्रिय टीम र ईंग्ल्याण्डको काउण्टी टीम समरसेट संयुक्त रूपले शीर्षमा रहेको छ। यी दुईवटा टीमले ३०३ वटा गरेर म्याच खेलेको छ। मुम्बई इण्डियन्सले आईपीएलमा जम्मा २७७ वटा म्याच खेलेको छ। यसबाहेक टीमले च्याम्पियन्स लीग टी२० टुर्नामेण्टमा पनि २२ वटा म्याच खेलेको थियो। मुम्बई इण्डियन्सले ५ पल्ट आईपीएल ट्रफी जितिसकेको छ अनि चेन्नई सुपर किंग्ससँग संयुक्त रूपले सबैभन्दा सफल टीम हो। यसरी आइतवार रोहित शर्मा र रेयान रिकेल्टनबीच पहिलो विकेटको निम्ति ७२ बलमा भएको १४८ रनको पार्टनरशीप आईपीएलमा टीमको तेस्रो सबैभन्दा ठूलो पार्टनरशीप हो। यसअघि रोहितले २०१२-मा दोस्रो विकेटको निम्ति हर्षल गिब्ससँग १६७ रनको पार्टनरशीप गरेका थिए। यसबाहेक सचिन तेन्दुलकरले २०१२-मै ड्वेन स्मिथसँग १६३ रनको पार्टनरशीप गरेका थिए।
पूर्व कप्तान रोहितले म्याचमा केवल २३ बलमा अर्द्धशतक पूरा गरे। यो आईपीएलमा उनको सबैभन्दा तेज अर्द्धशतक हो। यसअघि उनले २०१५-मा चेन्नई सुपर किंग्सविरुद्ध २५ बलमा अर्द्धशतक बनाएका थिए। यसबाहेक रोहितले आईपीएलमा आफ्नो ५०औं अर्द्धशतक पनि पूरा गरे। आईपीएलमा अहिलेसम्म केवल ४ जनाले ५० या त्यसभन्दा अधिक अर्द्धशतक बनाएका छन्। यस सूचीमा विराट कोहली ७२ वटा अर्द्धशतकको साथ शीर्ष स्थानमा छन्। डेविड वार्नर (६६) दोस्रो र शिखर धवन (५३) तेस्रो स्थानमा छन्। केएल राहुलले ४५ वटा अर्द्धशतक बनाएका छन्। रोहितले म्याचममा अझ एउटा उपलब्धि हासिल गरे। उनी आईपीएलमा कुनै एउटा टीमविरुद्ध सर्वाधिक रन बनाउने मामिलामा शीर्ष स्थानमा पुगे। रोहितले केकेआरविरुद्ध ११६१ रन बनाएका छन्। यस मामिलामा उनले आरसीबी-का कोहलीलाई पछि छोड़े, जसले पञ्जाब किंग्सविरुद्ध ११५९ रन बनाएका छन्। मुम्बई इण्डियन्सले केकेआरविरुद्ध जीतको साथ आईपीएलमा आफ्नो पहिलो म्याच नजित्ने रेकर्डबाट पनि मुक्ति पायो। वास्तवमा मुम्बई इण्डियन्सले २०१२ पछि आईपीएलमा प्रत्येकपल्ट आफ्नो पहिलो म्याच हारेको थियो तर आइतवार टीमले असाधारण प्रदर्शन गर्दै जीत हासिल गऱ्यो।

About Author

Advertisement