आईपीएल २०२३:पहिलो जीतको स्वाद चाख्यो सनराइजर्स हैदराबादले

IMG-20230409-WA0264.jpg

९ अप्रेलः सनराइजर्स हैदराबादले आईपीएल २०२३-मा लगातार दुईवटा हारपछि पहिलोपल्ट जीतको स्वाद चाख्यो। आइतवार खेलिएको दिनको दोस्रो म्याचमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गऱ्यो। हैदराबादमा भएको यस म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनायो। कप्तान शिखर धवनलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। पूरा ब्याटिंग क्रमको व्यर्थताबीच धवनले एक्लै लड़ाइँ गरेर ६६ बलमा १२ वटा चौका र ५ वटा छक्काको साथ अविजित ९९ रन बनाए। यसबाहेक सेम कुरेनले २२ रनको योगदान दिए। टीमबाट अरू कसैले पनि ५ भन्दा अधिक रन बनाउन सकेनन्। सनराइजर्स हैदराबादका बलरहरूमा मयंक मारकण्डले सर्वाधिक ४ विकेट लिए।

जवाफमा सनराइजर्सले १७.१ ओभरमै २ विकेट गुमाएर १४५ रन बटुलेर म्याच जित्यो। राहुल त्रिपाठीले ४८ बल खेलेर १० वटा चौका र ३ वटा छक्काको साथ अविजित ७४ रन बनाए। यसबाहेक कप्तान एडेन मार्करमले अविजित ३७ रन बनाए। त्रिपाठी र मार्करमले तेस्रो विकेटको निम्ति ८.४ ओभरमा १०० रनको अटूट साझेदारी गरी टीमलाई आईपीएल २०२३-को पहिलो जीत दिलाए। म्याच हारे पनि असाधारण प्रयासको निम्ति धवनलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

Advertisement