आईपीएलको माध्यमले प्रतिस्पर्धी क्रिकेटमा फर्किन तयार पन्त

IMG-20240314-WA0001.jpg

नयाँ दिल्ली: दुई साल अघि भयावह कार दुर्घटनामा गम्भीर चोट लागे पनि भारतीय क्रिकेट टीमका विकेटकीपर-ब्याटर रिषभ पन्त अहिले खेलमा फर्किन तयार छन्। दुर्घटनापछि लगभग १४ महिना मैदान बाहिर रहेर खेलमा फर्किने तयारीमा जुटेका पन्त अहिले पदार्पण गर्ने खेलाड़ी जस्तो नर्वस अनुभव गरिरहेका छन्। पन्तलाई मंगलवार बीसीसीआई-ले इण्डियन प्रीमियर लीग (आईपीएल)-मा खेल्ने अनुमति दियो। पन्तको टीम दिल्ली क्यापिटल्सले २३ मार्चमा मोहालीमा पञ्जाब किंग्स विरुद्ध आईपीएल अभियान शुरु गर्नेछ। दिसम्बर २०२२-मा भएको कार दुर्घटनामा पन्तलाई गम्भीर चोट लागेको थियो अनि उनले दाहिने घुँड़ाको लिगामेण्टको सर्जरी पनि गराउनु परेको थियो। पन्तले दिल्ली क्यापिटल्सको विज्ञप्तिमा भनेका छन्, म अहिले उत्साहित हुनको साथै सामान्य नर्वस पनि छु। मलाई त फेरि पदार्पण गर्न गइरहेको जस्तो लागिरहेको छ। दुर्घटनापछि यस २६ वर्षीय खेलाड़ीले बेंगलुरु स्थित राष्ट्रिय क्रिकेट एकाडमीमा व्यापक पुनर्वासको प्रक्रियामा लामो समय बिताउनु पऱ्यो। पन्तले भने, भयावह दुर्घटनापछि फेरि क्रिकेट खेल्न सक्षम बन्नु कुनै चमत्कार भन्दा कम्ती होइन। म आफ्ना सबै शुभचिन्तकहरू, प्रशंसकहरू अनि सबैभन्दा महत्त्वपूर्ण रूपले बीसीसीआई र एनसीए-का कर्मचारीहरू प्रति आभारी छु। उनीहरूका माया र समर्थनले मलाई लगातार ताकत दियो। पन्त दिल्ली क्यापिटल्सको प्री-सीजन क्याम्पमा सामेल भइसकेका छन्।

About Author

Advertisement