आईपीएलको पहिलो चरणको शेड्यूल जारी गऱ्यो बीसीसीआई-ले

IMG-20260311-WA0111

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) को १९औं संस्करण २८ मार्चदेखि शुरु हुनेछ अनि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधवार पहिलो चरणको शेड्यूल (कार्यक्रम) घोषणा गऱ्यो। पहिलो चरण २८ मार्चमा शुरु भएर १२ अप्रेलसम्म चल्नेछ। आईपीएल २०२६-को पहिलो म्याच बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा गत सीजनको विजेता रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबादबीच खेलिनेछ। पाँचवटा राज्यमा विधानसभा चुनाउ रहेको हुनाले आईपीएलको कार्यक्रम ढिलो गरी अनि दुई चरणमा भयो। वास्तवमा जुन ३ वटा राज्यमा आईपीएलका म्याचहरू खेलिनेछ त्यहाँ विधानसभा चुनाउहरूको तारिख अहिलेसम्म घोषणा गरिएको छैन। यसमा पश्चिम बंगाल, असम र तमिलनाडु सामेल छ। काेलकत्ता र चेन्नई क्रमशः काेलकत्ता नाइट राइडर्स (केकेआर) र चेन्नई सुपर किंग्स (सीएसके)-को घरेलु मैदान हो। यसरी गुवाहाटी राजस्थान रोयल्सको जयपुरपछि दोस्रो घरेलु मैदान हो। आईपीएल २०२६-को दोस्रो म्याच मुम्बई इण्डियन्स र केकेआरबीच मुम्बईमा खेलिनेछ। पहिलो हप्ता कुनै डबल हेडर (दिनमा दुईवटा म्याच) रहनेछैन। पहिलो चरणमा जम्मा २० वटा म्याच खेलिनेछ। यसमा दशवटा टीमहरूमा प्रत्येकले पहिलो चरणमा ४-४ वटा गरेर म्याच खेल्नेछ। पहिलो चरणको अन्तिम म्याच १२ अप्रेलमा मुम्बई इण्डियन्स र आरसीबी-बीच खेलिनेछ। आईपीएलको गत सीजनमा आरसीबी ले फाइनलमा पञ्जाब किंग्सलाई पराजित गरी पहिलोपल्ट च्याम्पियन बन्ने गौरव हासिल गरेको थियो।

About Author

Advertisement