आईजीजेएफद्वारा खरसाङमा ५ डेसिमल जमीनको नोटिफिकेसन जलाए

IMG-20260412-WA0066

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा खरसाङमा राज्य सरकारद्वारा प्रदान गर्ने भनिएको ५ डेसिमल जमीनको नोटिफिकेसन (केस्रा) जलाएको छ। आईतवार खरसाङमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको आयोजनामा चुनावी रैलीको आयोजना गरिएको थियो। उक्त रैली खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर खरसाङको बस टर्मिनलसम्म पुगेर चुनावी पथ सभामा परिणत भएको थियो। उक्त चुनावी पथ सभापछि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सको अगुवाईमा आईएनए बस टर्मिनलबाट पुन: मोटर स्ट्याण्डमा पुगेर राज्य सरकारद्वारा प्रदान गरिने भनिएको ५ डेसिमल जमीनको पट्टा नोटिफिकेसन जलाउने निर्णय गरेका थिए। बस टर्मिनलदेखि पुन: मोटर स्ट्याण्डमा पुगेर ५ डेसिमल जमीनको नोटिफिकेसन जनाउने भनिए पनि प्रशासनद्वरा अनुमति नभएपछि टुरिस्ट लजदेखि केही मुनितिर रहेको रोडमा नै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स र उम्मेद्वार बन्दना राईको नेतृत्वमा उक्त ५ डेसिमलको जमीन जलाएको छ।

हामीलाई ५ डेसिमलको जमीन चाहिन्दैन र ३० प्रतिशत जमीन उद्योगपतिहरुलाई दिन्दैनौ भन्दै सरकारको नोटिफिकेसन जनाएका छन्। यो ५ डेसिमलको जमीनको नोटिफिकेसन गोर्खा जातिले खारेज गरेको छ भन्दै नोटिफिकेसन जलाएका छन्। यसको साथै दार्जिलिङ, खरसाङ र कालेबुङमा परिवर्तन आउनुपर्छ भनी बताइएको छ‌।

About Author

Advertisement