आईजीजेएफकी सोनिया तामाङ लगायत सम्पूर्ण गाउँ भागोप्रमोमा प्रवेस

IMG-20260317-WA0102

विपक्षमा बस्नु सत्तालाई गाली गर्नु मात्र हुने रहेछ: अनित थापा

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी सक्रिय नेत्री एवं मिरिकको पाइला गाउँ पञ्चायत समिति वार्ड नम्बर २ लोवर स्कुल डाँडा ग्राम पञ्चायतकी सदस्य सोनिया तामाङ आफ्नो गाउँका सम्पूर्ण बासिन्दाहरूको समर्थनसहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा औपचारिक रूपमा प्रवेश गरेकी छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सभासद मिलेस राईको प्रत्यक्ष नेतृत्व तथा पार्टी नेतृत्वद्वारा दलीय झण्डा भेट गरी उनलाई पार्टीको परिवारमा स्वागत गरिएको छ। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले भने, “सोनिया ज्यूलाई जनताले उनको व्यक्तित्व र कार्यशैली देखेर मत दिएका थिए, न कि कुनै पार्टीको नाममा। उनले क्षेत्रमा सेवा गर्नका लागि सत्तासँग मिलेर काम गर्नु नै उचित रहेछ भन्ने कुरा बुझ्नुभयो। विपक्षमा बसेर केवल सत्तालाई गाली गर्नु र दोष थोपर्नुले जनताको कुनै भलो हुँदैन। भागोप्रमो रचनात्मक राजनीतिमा विश्वास राख्छ।”

पार्टीमा प्रवेश गरेपछि सोनिया तामाङले भनिन्, “मैले ग्राम पञ्चायत सदस्यको हैसियतमा आफ्नो सामर्थ्य अनुसार गाउँका लागि काम गर्दै आएकी छु। गाउँका सम्पूर्ण बासिन्दाहरूसँग छलफल गरी हामी सबैले एकमतले बीजीपीएम लाई समर्थन जनाउने निर्णय गरेका हौं। अब बीजीपीएम को छत्रछायामा रहेर गाउँको विकासका लागि झन् बढी र प्रभावकारी काम गर्नेछौं।”

About Author

Advertisement