आईजीजेएफकी उम्मेद्वार बन्दना राईले बुझाइन् नामांकन पत्र

IMG-20260402-WA0101

भष्ट्राचारमुक्त पहाडको लागि परिवर्तन आवश्यक छ: बन्दना राई

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईले आफ्नो नामांकन पत्र बुझाएकी छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रार्थी बन्दना राईको नामांकन पत्र बुझाउन अघि खरसाङ‌मा एक रैलीको आयोजना गरिएको थियोे। बिहीबार भारतीय जनता पार्टीले पूर्वान्हको समयमा र ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट उत्तरार्धमा नामांकन पत्र बुझाएका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले आफ्नो नामांकन पत्र बुझाउन अघि खरसाङ‌मा रैलीको आयोजना गरिएको थियो। उक्त रैली बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजारसम्म आयोजना गरिएको थियो भने मोटर स्ट्याण्डमा आएर चुनावी सभामा परिणत भएको थियो। उक्त चुनावी सभालाई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स र उम्मेद्वार बन्दना राईले सम्बोधन गरेका थिए। उक्त चुनावी सभापछि पंखाबारी रोड हुँदै खरसाङ महकुमा शासकको कार्यालय माथिल्लो रोडसम्म पुगेको थियो भने उम्मेद्वार बन्दना राईले आफ्नो नामांकन पत्र बुझाएका थिए। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स र उम्मेद्वार बन्दना राईले पहाडमा परिवर्तनको लागि जनतालाई भोट दिने अपिल गरेका छन्। दुवैले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट यसपाली परिवर्तनको नाराको साथमा चुनाव मैदानमा उत्रेको बताएका छन्। आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै बन्दना राईले‌ भनिन् ‘जनताको आर्शिवादले भष्ट्रचार मुक्त पहाडको स्थापना गर्नेछौं। तपाईहरूको बहुमूल्य भोट गोर्खाल्याण्ड हुनैपर्छ भन्नेलाई भोट दिनुहुन्छ कि गोर्खाल्याण्ड होवेना भन्नेलाई दिनु हुन्छ? हामीले जय गोर्खा,जय गोर्खाल्याण्डभन्दा गोर्खाहरूको भावनासँग खेल्यो भन्ने आरोप लगाउँछ। तर म गोर्खा हो, गोर्खाल्याण्ड मेरो जन्मसिद्ध अधिकार हो।’

बन्दना राईले अघि भनिन् दार्जीलिङ पहाडले परिवर्तन खोज्दैछ। यो परिवर्तनको लहरमा तपाईहरूको साथ अति नै जरूरी छ। परिवर्तनको मार्गमा हिंड्दा तपाईहरूलाई यदि कसैले डर र धम्की दिन्छ भने हामीलाई भन्नु होस, हामी त्यसको सही जवाफ दिनेछौं।पहाडमा पढे लेखेका युवा भाइ बहिनीहरू धेरै छन्। उच्च शिक्षा हाँसिल गर्नलाई उनीहरू पहाड छोडेर जानु बाध्य छन्। यहाँ रोजगारको कुनै व्यवस्था छैन। त्यसकारण रोजगारको निम्ति घर परिवार पहाड छोड्न बाध्य छन्। भोलिको सुन्दर पहाड बनाउनलाई यो परिवर्तनको मार्गमा तपाई हामी एकबद्ध हुन जरूरी छ। यो परिवर्तनको हाम्रो लक्ष्यलाई तपाईहरूले साथ दिनु भयो भने खरसाङ साथै पहाड साफ हुनेछ,भष्ट्रचारमुक्त हुनेछ।आर्थिक अवस्थाले सम्पन्न पहाड हुनेछ।’

About Author

Advertisement