आईओसी अध्यक्षले गरे बक्सर खलीफ र यू टिंगको समर्थन

IMG-20240803-WA0295

पेरिस: पेरिस ओलम्पिकमा महिला बक्सिंगमा विवाद चर्किएको छ। यसबीच अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-का अध्यक्ष थोमस बाकले चाहिँ शनिवार बक्सर इमाने खलीफ र लिन यू टिंगको समर्थन गरे अनि यी दुईको आलोचना गर्नेहरूलाई उचित जवाफ दिएका छन्। बाकले बताएअनुसार, पेरिस ओलम्पिकमा बक्सर इमाने खलीफ र लिन यू टिंगविरुद्ध घृणाको भाषा सम्पूर्ण रूपले अस्वीकार्य छ अनि उनी राजनीति प्रेरित यस सांस्कृतिक युद्धको हिस्सा बन्ने छैनन्। अल्जीरियाका बक्सर खलीफ र ताइवानकी बक्सर यू टिंगले महिला वर्गमा हिस्सा लिँदा गत केही समयदेखि विवाद चलिरहेको छ। यी दुईजनालाई अन्तर्राष्ट्रिय बक्सिंग संघ (आईबीए) द्वारा भारतमा २०२३- मा आयोजित वर्ल्ड च्याम्पियनशीपमा महिला वर्गमा अयोग्य घोषित गरिएको थियो। आईओसी-ले आईबीए-माथि प्रतिबन्ध लगाएको छ। टोक्योपछि पेरिस ओलम्पिकमा आईओसी-ले यस खेललाई सञ्चालन गरिरहेको छ। त्यस समयको उनीहरूको लिंग-आधारित परीक्षण अहिले पनि अनिर्दिष्ट र अप्रमाणित छ। खलीफ र यू टिंगले टोक्यो ओलम्पिकमा पनि हिस्सा लिएकी थिइन् तर पदक जित्न सकेकी थिइन। बाकले आज भने, हामीसँग दुईजना बक्सर छिन् जो महिलाको रूपमा जन्मिएकी छन्, जसको पालन-पोषण महिलाकै रूपमा भयो, जोसँग महिलाको रूपमा पासपोर्ट छ अनि उनीहरूले धेरै सालदेखि महिलाकै रूपमा प्रतिस्पर्धा गरिरहेकी छन्। यो महिला भएको स्पष्ट परिभाषा हो। उनीहरू महिला भएकोमा कुनै सन्देह छैन। अहिले केही मानिसहरू उनीहरू महिला नभएको दावी गरिरहेका छन्। म उनीहरूलाई महिला कसलाई भनिन्छ भन्ने वैज्ञानिक आधार लिएर अघि आउने आह्वान गर्न चाहन्छु। खलीफलाई ‘बायोलजिकल मेल’ सम्झिने हुनाले विवाद सृष्टि भएको थियो। खलीफलाई २०२३ विश्व च्याम्पियनशीपमा लिंग जाँचमा विफल भएपछि डिस्क्वालीफाई गरिएको थियो त्यसपछि पेरिसमा उनको उपस्थिति विवादको विषय बनेको छ।

About Author

Advertisement