नयाँ दिल्ली: सुनिल छेत्रीसहित भारतीय फूटबलको दिग्गज खेलाड़ीहरू अनि इण्डियन सुपर लीग (आईएसएल)-मा खेल्ने धेरै विदेशी खेलाड़ीहरूले फूटबलको वैश्विक संस्था फिफासँग आईएसएलको निलम्बनमाथि हस्तक्षेपको अपील गरेका छन्। आईएसएलको २०२५-२६ सीजन अहिलेसम्म शुरु भएको छैन। यसैकारण सीनियर राष्ट्रिय टीमका पूर्व कप्तान सुनिल छेत्रीसहित गुरप्रीत सिंह सन्धू र सन्देश झिंगनले लामो समयदेखि जारी अनिश्चिततामाथि चिन्ता व्यक्त गर्दै भारतीय फूटबल संकटजनक स्थितिमा रहेको चेताउनी दिएका छन्। खेलाड़ीहरूले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ) अब आफ्नो जिम्मेवारी निर्वाह गर्ने स्थितिमा नरहेको बताउँदै देशको खेलको भविष्य रक्षाको निम्ति फिफालाई अघि आउने अपील गरेका छन्। गुरप्रीतले सोशल मीडियामा शेयर गरेको संयुक्त भीडियोमा भनेका छन्, जनवरीको महिना हो अनि हामीलाई यस समय आईएसएलको प्रतिस्पर्धी फूटबल म्याचहरूमा तपाईंहरूको स्क्रीन अघि हुनु पर्ने थियो। भीडियोमा झिंगनले भनेका छन्, त्यसको बद्ली हामी डर र असहाय बनेर त्यो कुरा भन्न वाध्य छौं, जुन हामी सबै जान्दछौं। अन्य खेलाड़ीहरूले भनेका छन्, सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी एउटा गुहार लगाउन आएका हौं। भारतीय फूटबल प्रशासन अब आफ्नो जिम्मेवारीहरू निर्वाह गर्न सक्षम छैन। हामी अहिले स्थिरता तर्फ अघि बढ़िरहेका छौं। जे पनि बचाउन सकिन्छ, त्यसलाई बचाउने यो अन्तिम कोशिश हो। यसैकारण हामी फिफासँग अघि आउने अनि भारतीय फूटबललाई बचाउनको निम्ति जरूरी कदम उठाउने अनुरोध गर्छौं। छेत्रीले अन्तमा भनेका छन्, खेलाड़ी, स्टाफ, मालिक र प्रशंसकहरू सबै स्पष्टता, सुरक्षा र सबैभन्दा महत्त्वपूर्ण एउटा भविष्यको हकदार छन्।
लीगको पूर्व आयोजक फूटबल स्पोर्ट्स डेवलपमेण्ट लिमिटेड (एफएसडीएल) र एआईएफएफबीच मास्टर राइट्स एग्रीमेण्ट (एमआरए)-को नवीनीकरणलाई लिएर अनिश्चितता देखिँदा आईएसएल २०२५-२६ सीजनलाई जुलाईमा रोकिएको थियो। यो सम्झौता ८ दिसम्बरमा समाप्त भइसकेको छ, जसले एउटा संविदात्मक गतिरोध सृष्टि भयो अनि यसमा उच्चतम न्यायालयको हस्तक्षेपको आवश्यकता पऱ्यो। उच्चतम न्यायालयद्वारा नियुक्त समितिको देखरेखमा आईएसएलको व्यावसायिक अधिकारहरूका निम्ति निविदा जारी गरिएको थियो तर कुनै बोलीदाता अघि आएन। यसबीच आईएसएलको १४ मा १३ वटा क्लबले बिहीवार एआईएफएफ-लाई उनीहरूबाट भागीदारी शुल्क नलिइए अनि राष्ट्रिय संस्थाले टुर्नामेण्टको आयोजन र सञ्चायलको वित्तीय जिम्मेवारी लिए उनीहरू विलम्बित सीजनमा हिस्सा लिन तयार रहेको जानकारी दिएको छ।










