नयाँ दिल्ली: इण्डियन सुपर लीग (आईएसएल) २०२५-२६ सीजनलाई लिएर लामो समयदेखि जारी अनिश्चितता अहिले समाप्त भइसकेको छ। सबै १४ आईएसएल क्लबहरूले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई लिखित रूपमा आफ्नो भागीदारी पुष्टि गरेको छ। यसको साथै शीर्ष घरेलु फूटबल लीग १४ फरवरीदेखि शुरु हुने बाटो खोलिएको छ। गत ६ जनवरीमा खेल मन्त्री मनसुख माण्डवियाले व्यावसायिक साझेदारको अनुपस्थितिले गर्दा रोकिएको आईएसएल १४ फरवरीदेखि शुरु हुने अनि सबै १४ वटा क्लबले हिस्सा लिने घोषणा गरेका थिए। त्यस समय केही क्लबहरूले चाहिँ सैद्धान्तिक रूपले मात्र भागीदारीको सहमति दिएको थियो तर अहिले सबै क्लबहरूले औपचारिक रूपले लिखित पुष्टि गरेको छ। धेरै क्लबहरूले आफ्नो घरेलु म्याचहरूको निम्ति प्रस्तावित स्टेडियमहरूको विवरण पनि साझा गरिसकेको छ। शीर्ष स्तरीय आईएसएलमा यसपाली होम अनि अवे आधारमा जम्मा ९१ वटा म्याच खेलिनेछ। एआईएफएफ अध्यक्ष कल्याण चौबेले अगावै लीगको सञ्चालनको निम्ति एउटा गवर्निंग काउन्सिल बोर्डको गठन गरिने घोषणा गरेका छन्, जसले सबै व्यावसायिक फसेलाहरू लिनेछ। अब एआईएफएफ र क्लबहरूबीच हुने अनलाइन बैठकमा गवर्निंग काउन्सिल बोर्डको गठनबारे चर्चा गरिनेछ। बैठकमा २०२५-२६ सीजनको निम्ति प्रसारण र व्यावसायिक अधिकारहरूको चयन हेतु जारी गरिने अनुरोध प्रस्ताव (आरएफपी) सहित अन्य महत्त्वपूर्ण मुद्दाहरूमाथि विचार गरिनेछ।










