नयाँ दिल्ली: केन्द्रीय खेल मन्त्री मनसुख माण्डवियाले इण्डियन सुपर लीग (आईएसएल)-को आउँदो सीजनको तारिखहरूको घोषणा गरेका छन्। आईएसएलको शुरुवात १४ फरवरीमा हुनेछ अनि यसमा सबै १४ वटा क्लबले हिस्सा लिनेछ। वाणिज्यिक साझेदारहरूका कमीले गर्दा यो लीग अहिलेसम्म शुरु हुन सकेको थिएन अनि यसले गर्दा निक्कै विवाद भइरहेको थियो। अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले हालै आईएसएलको तारिखहरूको घोषणा चाँड़ै गरिने जानकारी दिएको थियो। खेल मन्त्री माण्डवियाले भने, आईएसएललाई लिएर निक्कै अड़कलबाजी चलिरहेको थियो तर सरकार, फूटबल महासंघ, मोहन बगान र ईष्ट बेंगलसहित सबै १४ वटा क्लबहरूको बैठक भयो। हामीले आईएसएल १४ फरवरीदेखि शुरु गर्ने फसेला गऱ्यौं। यसमा सबै क्लबहरूले भाग लिनेछ। गत केही समयदेखि भारतीय फूटबललाई लिएर अदालतमा चलिरहेको विवादले गर्दा आईएसएलको आयोजनलाई लिएर अनिश्चितताको स्थिति बनिएको थियो तर अहिले त्यसमा विराम लागेको छ।
यस अवसरमा आईएफएफ अध्यक्ष कल्याण चौबेले भने, आईएसएलको सञ्चालन गर्न सञ्चालन परिषद बोरर्डको गठन गरिनेछ। आईएसएलमा १४ टीमहरूको ९१ वटा म्याच एक चरणमा होम (घरेलु) अनि अवे (प्रतिद्वन्द्वी टीमको घरेलु मैदान) आधारमा खेलिनेछ। म्याचहरू कहाँ खेलिनेछ भन्ने क्लब र एआईएफएफले मिलेर तय गर्नेछ। आई लीगमा ११ वटा टीमबीच ५५ वटा म्याच खेलिनेछ, जुन आईएसएलको साथ-साथ शुरु हुनेछ। यसमा आई लीग २ र आई लीग ३-मा ३३ को सट्टा ४० वटा टीम हुनेछ। चौबेले बताएअनुसार, आईएसएलको निम्ति २५ करोड़ रुपियाँको एउटा क्याप (खर्चको सीमा) बनाइएको छ, जसमा १० प्रतिशत एआईएफएफ, १५ प्रतिशत क्लबहरू र ३० प्रतिशत व्यावसायिक साझेदारले वहन गर्नेछ। उनले भने, व्यावसायिक साझेदार नपाएसम्म एआईएफएफले जम्मा ४० प्रतिशत खर्च वहन गर्नेछ। एआईएफएफको जम्मा योगदान १४ करोड़ रुपियाँ हुनेछ, जसमा १० करोड़ आईएसएल र ३.२ करोड़ रुपियाँ आई लीगको निम्ति हुनेछ। आईडब्ल्यूएल (इण्डियन वूमन्स लीग)-को चाहिँ शत प्रतिशत फण्ड एआईएफएफको हुनेछ।










