आईएमएफ स्वर्ण पदकले सम्मानित बने पर्वतारोही शान्ति राई

Screenshot_20241125_000755_Instagram

गान्तोक: शान्ति राईलाई पर्वतारोहणको क्षेत्रमा उनको असाधारण योगदानको लागि भारतीय पर्वतारोहण प्रतिष्ठान (आईएमएफ) द्वारा प्रतिष्ठित आईएमएफ स्वर्ण पदक प्रदान गर्दै सम्मान जनाइएको छ।हिजो २३ नोभेम्बरमा आईएमएफको वार्षिक साधारण सभामा चुनौतीपूर्ण चुचुराहरू आरोहण गर्न र पर्वतारोहण गतिविधिहरू प्रवर्द्धनमा उनको समर्पण र उपलब्धिहरूलाई मान्यता दिँदै पुरस्कार प्रदान गरिएको हो।
वर्ष १९६१ मा स्थापित आईएमएफ स्वर्ण पदक, यस क्षेत्रमा असाधारण उपलब्धिहरू प्रदर्शन गर्ने हिमालयन शेर्पाहरू लगायत भारतीय नागरिकहरूलाई प्रदान गरिन्दै आइरहेको छ। राईको मान्यताले उनलाई प्राविधिक विशेषज्ञता, सहनशीलता र साहसिक गतिविधिहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदानको लागि मनाइने पर्वतारोहीको शिर्ष सूचीमा उनलाई सामेल गरिएको छ।

समितिले शान्ति राईको ८ हजार मिटरभन्दा अग्ला चुचुरोमा सफल आरोहण सहित पर्वतारोहण अभियानमा निरन्तर सहभागिता र पर्वतारोहण गतिविधिलाई व्यवस्थित र प्रवर्द्धन गर्ने उनको प्रयासलाई स्वीकार गरेको छ। उनको नाम अब विगतका प्राप्तकर्ताहरूको प्रतिष्ठित सूचीमा सामेल हुनेछ, जसमा तेन्जिङ नोर्गे र बचेन्द्री पाल जस्ता पर्वतारोहण दिग्गजहरू सामेल छन्।

About Author

Advertisement