आँधी हुरीले रुख ढलेपछि रंगटङ्गमा एक घर क्षतिग्रस्त

IMG-20260316-WA0083

खरसाङ: आँधी हुरीले गर्दा रुख ढलेर रंगटङ्गमा एक घरलाई क्षतिग्रस्त बनाएको छ। सोमवार साँझ आएको आँधी हुरीले तीनधारे महानदी समष्टिको रंगटङ्गमा रुख ढलेर एक घर क्षतिग्रस्त भएको छ। घैयाबारी ग्राम पञ्चायत दुईको रंगटङ्गमा आँधी हुरीले गर्दा रुख ढलेर संजोग देवानको घर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ।‌ यसको साथै आँधी हुरीले रुख ढलेर सडकमा झरेपछि राष्ट्रिय राजमार्ग ११० केही समयको लागि अवरुद्ध बनेको थियो।

सोमवार साँझ आएको आँधी हुरीले रंगटङ्ग क्षेत्रमा निक्कै क्षति गरेको घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले बताएका छन्।

About Author

Advertisement