अस्थायी पुल निर्माणपछि जङ्गुसँग सम्पर्क

IMG-20231013-WA0296.jpg

मंगन: ४ अक्टोबरमा टिस्टा नदीमा आएको विनाशकारी बाढ़को चपेटमा परेर साङ्कलाङमा रहेको टिस्टा नदीमाथिको पूल पूर्ण रूपले क्षतिग्रस्त बनेपछि जङ्गुवासीसँगको सम्पर्क विच्छिन्न बनेको थियो। लगभग १० दिनपछि अन्तमा त्यहाँ बाँसको सस्पेन्सन फूटब्रिज निर्माण गरी यातायात सम्पर्क पुनर्स्थापित गरिएको छ। यो बाँसको पूल लगभग ७९ मिटर लामो रहेको छ अनि यसको ऊँचाईं १५ मिटर रहेको छ। हाल निर्माण गरेको पूलमा मानिसहरू हिँड़ेर आउजाउ गर्न सक्छन्। यस निर्माण कार्यमा अभियन्ताहरूको टोली, वन विभागका अधिकारीहरू, भारतीय सेना अनि स्थानीयहरूको अमूल्य योगदान रहेको छ। डीई सरोज अधिकारी, एईद्वय कर्मा सोनाम अनि तेञ्जिङ लाचुङपाको अगुवाईमा यो पूल मंगन जिल्ला पञ्चायतको निगरानीमा निर्माण गरिएको हो। यस अवधि जङ्गु क्षेत्रका विधायक पिञ्छो नामग्याल लेप्चाले निर्माण कार्य प्रगतिबारे निरीक्षणसँगै स्थितिको जानकारी लिँदै जिल्ला अधिकारीहरूसँग निरन्तर रूपमा समन्वय बनाइराखेका थिए। यस पूल निर्माणपछि विच्छिन्न बनेको जङ्गु क्षेत्रका मानिसहरू यस पूलमार्फत मंगनसम्म पुग्न सक्ने भएका छन्। जङ्गुका जनतालाई अत्यावश्यक सामग्री पुऱ्याउन तुइनको पनि निर्माण गरिएको छ।

About Author

Advertisement