अस्ट्रेलियाका उच्चायुक्त फैरेलले गरे राज्यपालसँग भेट

IMG-20221011-WA0173.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका अस्ट्रेलियाका उच्चायुक्त बैरी ओ फैरेलले आज राज्यका राज्यपाल गंगा प्रसादसँग राजचभवन परिवसरमा शिष्टचार भेट गरे।उच्चायुक्त फैरेलसँग जैक विलियम मुसारेग टेलर पनि रहेका थिए। भेटको क्रममा राज्यपाल गंगा प्रसादले फैरेलसँग राज्यमा अर्किडको उत्पादन साथै अनुसन्धान सम्वन्धि चर्चा परिचर्चा पनि गरे। यसका साथै जैविक खेतीमाथि पनि विचार बिमर्श गरेको राजभवनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। फैरेलले सिक्किमको अतिथि सत्कारदेखि खुशी प्रकट गर्दै राज्यपालप्रति आभार प्रकट गर्दै उनको सुस्वस्थ्यको कामना गरेका छन्।

About Author

Advertisement