सिङ्ताम: आज परेको भीषण असिना पानीले बेङ खाम्दोङको भीरकुना निम्न माध्यमिक विद्यालय छेउका 8 वटा घरहरुसहित मकै र सुन्तला फसलहरुलाई क्षति पुऱ्याएको जानकारी स्थानीयहरुले दिएका छन्। स्थानीय गुप्ति बहादुर राई, कुमार राई, मञ्जु राई, कोजानी कुमार राई, चित्र बहादुर राई, उर्मिला राई, धन कुमार राई अनि जीवन राईको घरलाई क्षति पुगेको छ।
बेङ खाम्दोङ फाटकको सड़कको नाला ब्लक भएकोले नालाको पानी ओभरफ्लो भएर तीव्र गतिमा बगेकोले आज घर र फशलहरुलाई क्षति पुराएको स्थानीय पिड़ीतहरुले बताएका छन्I यस नालीको मरम्मतिको निम्ति सम्बन्धित विभागले यथाशीघ्र पहल गरियोस् अनि निरीक्षण गरि भल-पह्रो पिड़ीतहरुलाई सरकारले क्षतिपूर्ति प्रदान गरियोस् भनी पिड़ीतहरुले माग गरेका छन्।








