गुवाहाटीः असमको डा. हिमन्त बिस्व सरमा नेतृत्वधीन सरकारले एउटा अध्यादेश जारी गरेर विभिन्न वाहनहरूको पञ्जीयन शुल्कमा बढोत्तरी गरेको छ। असम मोटर वाहन कर (संशोधन) अध्यादेश, २०२३ को माध्यमद्वारा सरकारले करमा वृद्धि गरेको छ। यसको अनुसार, अबदेखि ग्राहकहरूले नयॉं कार खरीदको समय पहिलाको तुलनामा धेरै पञ्जीकरण शुल्क भुक्तान गर्नु पर्नेछ। यस अघि ग्राहकहरूले कारको मूल्यको आधारमा सात चरणमा ट्याक्स दिनु पर्ने थियो। तर, अध्यादेशको माध्यमद्वारा संशोधित नियम अनुसार अब ग्राहकहरूले कारको दामको आधारमा चार चरणमा कर भुक्तान गर्नु पर्नेछ।
अध्यादेशद्वारा निर्धारित नयॉं दर अनुसार, ३ लाख रूपियॉंसम्मको नयॉं वाहनको पञ्जीकरणमा ४.५ प्रतिशत, ३ लाख रूपियॉंदेखि १० लाख रूपियॉंसम्मको वाहनमा ७ प्रतिशत, १० लाखदेखि २० लाख र त्यसभन्दा माथिका वाहनमा १४ प्रतिशत कर भुक्तान गर्नु पर्नेछ। यसरी नै बाइकको खरीदको निम्ति पनि पञ्जीकरण शुल्क बढाइएको छ। एक लाख रूपियॉंसम्मको बाइकमा पञ्जीकरण शुल्क छ प्रतिशत, एक लाखदेखि तीन लाखको बाइकमा आठ प्रतिशत र तीन लाखदेखि माथिका बाइकमा नौ प्रतिशतसम्म पञ्जीकरण शुल्क दिनु पर्नेछ।
-हिस











